मंगलबार , असार ३, २०८२

काठमाडौं ।  विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर महरासँग भेप प्रकरणमा सोधपुछ गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो । त्यसमा महराको संलग्नता रहेको आशंका छ । उनले  चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि सोधपुछका प्रहरीले सोधपुछ गरेको हो ।

भेप प्रकरणको अनुसन्धान पनि अन्तिम चरणमा पुगेका बेला पूर्वसभामुख महरासँग सीआईबीले कागज गराएको हो । भेपमा सुन ल्याएको विषय आफूलाई थाहा नभएको र विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै पहल गरेको उनले जिकिर गरेका छन् । तर, दावाजिनसहितका तस्करको योजनामा भेपमा ९ केजी सुन भित्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP