आइतबार , भाद्र १४, २०८३

काठमाडौं ।  विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर महरासँग भेप प्रकरणमा सोधपुछ गरेको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो । त्यसमा महराको संलग्नता रहेको आशंका छ । उनले  चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि सोधपुछका प्रहरीले सोधपुछ गरेको हो ।

भेप प्रकरणको अनुसन्धान पनि अन्तिम चरणमा पुगेका बेला पूर्वसभामुख महरासँग सीआईबीले कागज गराएको हो । भेपमा सुन ल्याएको विषय आफूलाई थाहा नभएको र विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै पहल गरेको उनले जिकिर गरेका छन् । तर, दावाजिनसहितका तस्करको योजनामा भेपमा ९ केजी सुन भित्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP