बुधबार , बैसाख २४, २०८२

काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा दिउँसो एक बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP