आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन्।

खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

ओलीले कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न निर्देशन दिएपनि खतिवडा र ढकाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । सचिवमा खतिवडा प्यानलका राजकुमार भण्डारी विजयी भएका छन्। उनले ढकाल प्यानलका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरे  भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी उपसचिवमा जलवर्षा राजवंशी र देउमान राई विजयी भएका छन् भने उपसचिवमा खेम नेपाली विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP