मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता  संरक्षण  विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो ।

विभागका  अनुसार  यस  अवधिमा  अनुगमन  गरेकामध्ये ३४७ व्यावसायिक फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी ९२ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ भने उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका ३४ वटा व्यवसायी फर्मबाट एक करोड एक लाख ९० हजार रुपियाँ बराबरको सामान नष्ट गरेको विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

विभागका  अनुसार  यस  अवधिमा  अनुगमन  गरिएका व्यावसायिक फर्ममध्ये ३३२ वटा व्यावसायिक  फर्मलाई  आवश्यक  सुुधारका  लागि  निर्देशन दिइएको छ, जसमा ७५ प्रतिशत व्यावसायिक फर्मलाई व्यवसाय दर्ता नवीकरणको निर्देशनसहित स्पष्टीकरण  तथा  बयानका लागि  आवश्यक  कागजातसहित  विभागमा  उपस्थित  हुन  निर्देशन  दिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा  एक  हजार  १४६  वटा व्यावसायिक  फर्मको अनुुगमन भएकामा २६ वटा व्यावसायिक फर्म सामान्य अवस्थामा रहेका छन् ।

विभागका निर्देशक पोखरेलले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासु पसल, औषधी, मिठाई पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेबल नभएका वस्तु बिक्री गरेको, कृत्रिम  अभाव  सिर्जना  गरेकोलगायतका  समस्या  देखिएको जानकारी दिए । अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फर्ममा  अनुगमन  गरिरहेको  छ  । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP