मंगलबार , बैसाख २३, २०८२

काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ ।

अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ ।

पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताइन् । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले पनि मनसुन ढिला बाहिरिने भएको उनले जानकारी दिएइन्। उनले मनसुन बाहिरिने मिति नजिकै रहेकाले एकै दिनमा मौसम बदली भएर बाहिरिने अवस्था आउन सक्ने सम्भावना प्रबल रहने औँल्याइन्।

महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना कायमै रहँदा नेपालमा मनसुन फेरि सक्रिय बनेको हो । जसले देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP