आइतबार , भाद्र १४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट मुड फ्रेस गरेर आएको भएपनि आउनेबित्तिकै जनताको मुड अफ गरिदिएको टिप्पणी गरेका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले हिजो (शनिबार) नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकोमा भने धन्यवाद ज्ञापन गरेका छन् ।
सांसद लामिछानेले संविधान दिवसको अवसरमा राष्ट्रपति निवासमा आयोजित रात्रिभोजमा आफू सरिक नभएर ठीकै गरेको पनि व्यंग्य गरे । उनले राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजलाई ‘मान्छे मारेर जेल बसेका अपराधीलाई आममाफी दिईएको’ मा आयोजना गरिएको भोज (पार्टी) को संज्ञा दिए । आफू त्यतिवेला रोल्पामा जनआवाज सुन्न गएको र जनतासँग बसेर स्याउ खाएको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP