मंगलबार , अषोज २७, २०८३

क्विन्सल्याण्डको ब्रिस्वेनमा बन्न लागेको नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी)लाई विभिन्न कार्यक्रमबाट १२ हजार १७० अष्ट्रेलियन डलर आर्थिक सहयोग जुटेको छ।

ब्रिस्वेनमा विशाल इन्टरटेनमेन्टले आयोजना गरेको ‘नाइस तीज मेला’बाट संकलित तीन हजार २ सय अष्ट्रेलियन डलर विशाल इन्टरटेनमेन्टका निर्देशक गोविन्द भट्टराई र अमृत खत्रीले क्वीएनसीसीका अध्यक्ष केशव शर्मालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, अमृत सापकोटा, कला लम्साल र डान्सर फुलु पुनको प्रस्तुति दिएका थिए। लोक गीत प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष भट्टराईले ‘नाइस तीज मेला २०८०’ को टिकट बिक्रीबाट संकलित रकमको ७५ प्रतिशत क्वीएनसीसीलाई दिने घोषणा गरेका थिए।

यस्तै क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रलाई सहयोगार्थ आयोजना गरेको तीज कार्यक्रमबाट ६ हजार ४७० अष्ट्रेलियन डलर संकलन भएको छ। उक्त कार्यक्रमा मार्फत संकलन भएको उक्त रकम एनआरएनए क्विन्सल्याण्डका संयोजक शम्भु गाईसीले केही दिनमै क्वीएनसीसीका अध्यक्ष केशव शर्मालाई हस्तान्तरण गर्ने बताएका छन्। प्रकाश सपुत र मिलन नेवारले प्रस्तुति दिएको उक्त कार्यक्रम एनआरएनए क्वीन्सल्याण्ड, एनएक्वी र क्वीएनसीसीले संयुक्त रूपमा आयोजना गरेका थिए।

नेपाली समाज तास्मानियाले तीज कार्यक्रमबाट संकलित रकम क्वीएनसीसी निर्माणका लागि एक हजार अष्ट्रेलियन डलर सहयोग गरेको छ। यस्तै लामो समयदेखि एभरेष्ट वारियर्स नाममा प्रत्यक हप्ताको शनिवार र आइतबार हाईकिङ गर्दै आएका सदस्यहरुबाट ५० १०० गरी एक हजार ५ सय जम्मा गरेका छन्। क्वीएनसीसीका आर्थिक उपसमितिका संयोजक अभिमानसिंह बस्नेतको सहकार्यमा संकलित उक्त एक हजार ५ सय डलर रकम अध्यक्ष केशव शर्मालाई हस्तान्तरण गरिएको छ।

ब्रिजवेनमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्न जमिन खरिद गर्न १२ लाख १० हजार अष्ट्रेलियन डलर संकलन भइसकेको अध्यक्ष शर्माले जानकारी दिए। नेपाली सांस्कृतिक केन्द्रको जग्गा किन्न करिब साढे १५ लाख अष्ट्रेलियन डलर खर्च हुने छ।

क्युएनसिसिको जग्गा पास गर्न मात्र १० दिन बाँकी छ, क्विन्सल्याण्डवासी नेपालीहरूको गौरवको परियोजना भएकाले जग्गा खरिदका गर्न अझै ३ लाख ४० हजार आवश्यक रहेकाले क्वीएनसीसीको साधारण सदस्य नलिनुहुने दाजुभाईदिदीबहिनी, सामाजिक अगुवा, बुद्धीजिवी र व्यवसायीहरूलाई अध्यक्ष शर्माले सहयोगका लागि विनम्र अनुरोध गरेका छन्।

क्वीएनसीसीको साधारण सदस्य बन्न चाहनुहुनेले यहाँ क्लिक गरेर फर्म भर्न सक्नुहुने छ।

@KBCKhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP