आइतबार , भाद्र १४, २०८३

काठमाडौं ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।

एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरे । अध्यक्षमा विजयी ढुंगेलले ६९६ र पराजित दाहालले ४३९ मत पाए । उपाध्यक्षमा दावादोर्जे लामाले जितेका छन् ।  उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्।

सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भए। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए। खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भए । महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP