
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्।
एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका ढुंगेलले मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गरे । अध्यक्षमा विजयी ढुंगेलले ६९६ र पराजित दाहालले ४३९ मत पाए । उपाध्यक्षमा दावादोर्जे लामाले जितेका छन् । उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्।
सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भए। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए। खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भए । महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन्।