बुधबार , बैसाख २४, २०८२

काठमाडौं । सल्यानको छत्रेश्वरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा १५ जना भन्दा धेरै घाइते भएका छन्।

गएराति छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP