मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सल्यानको छत्रेश्वरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा १५ जना भन्दा धेरै घाइते भएका छन्।

गएराति छत्रेश्वरी गाउँपालिका- ५ तीर्थपोलेमा लु १ ज १८६१ नम्बरको जिप दुर्घटना हुँदा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका- १२ कागखोला तर्फ जाँदै गरेको जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP