
काठमाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता भएका छन् ।
शुक्रबार शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।
परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिनेछ ।
संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकले आन्दोलन जारी राखेपछि सरकारले आज वार्ता गरेको हो ।