आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउन चाहेको सन्देश दिएका छन् । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हटाउनै पर्ने बताए ।

यो सरकार रहनु देशका लागि दुर्भाग्य भए पनि कांग्रेसका कारण विकल्प खोज्न नसकिएको बताए । कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प नदेखिएको उनको भनाई छ ।
प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’

‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’  सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने,  ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP