बुधबार , भाद्र १७, २०८३

काठमाडौं । चीनको हाङजाओमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन९पब्जी० मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार चाइना हाङजाओ स्पोर्ट्स सेन्टरमा भएको खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईको नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने बाहिरिए ।अन्य खेल भन्दा फरक यसमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै शुक्रबारै भएको एलिमिनेसन अन्तर्गत समूह ए बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अब यी आठ टोलीलाई सेमिफाइनलमा चार-चार टोलीको दुई समूहमा विभाजन गरेर खेलाइनेछ । सेमिफाइनलमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई–दुई टोली फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टोलीले पदक पक्का गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP