शुक्रबार , जेठ २४, २०८२

चितवन समाज अस्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला सर्वसम्मत चयन भएका छन् । सिड्नीको मेरिल्याण्ड स्थित रेस्ट फक्ंसन सेन्टरमा २४ सेप्टेम्बर आइतबार सम्पन्न समाजको छैठौ साधारण सभाले सडौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको सचिवमा प्रतिक खरेल ,कोषाध्यक्षमा सिरिश बर्तौला ,सह कोषाध्यक्षमा रबि पोखरेल तथा पब्लिक रिलेसन अफिसरमा सरोज पण्डित चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा हेमराज काफ्ले ,राधिका गौली ,आनन्द पाठक ,सुजन बर्तौला ,सुशील सडौला ,रबिन्द्र कंडेल ,राम डल्लाकोटी ,अमिन मोहम्मद ,सौगात त्रिपाठी र पुस्पा पाठक चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको निर्वाचन समितिका संयोजक बुद्धि डल्लाकोटीले घोषणा गर्दै सपथ समेत खुवाएका थिए । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता एवम् एनआरएनए अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै समाजका निवर्तमान अध्यक्ष पूणर्नाथ घिमिरेले आफ्नो कार्यकालमा समाज मार्फत भएका विभिन्न कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई व्यक्त गरे । उनले समाजको लक्ष्य बमोजिम नयाँ कार्यसमितिले कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष सडौलाले अग्रजहरुका सल्लाह र सुझावलाई ग्रहण गर्दै समाजलाई अझै सशक्त बनाउँदै संस्थालाई चलायमान बनाएर अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले मातृभूमीको दुख र अफ्ठ्यारोमा संस्थाले सदैव फ्रन्टलाईनमा रहेर काम गर्दै आएको भन्दै सबै संघ संस्था र व्यक्तिहरुसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP