बुधबार , बैसाख १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपराधीहरुलाई आममाफी दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानले दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर गरेर राष्ट्रपतिले नराम्रो काम गरेको टिप्पणी गरे ।
आफू राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने पनि उनले बताए ।फेरि अरु अपराधी छुटाउने मौका कुरेर बस्ने काम भैरहेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । तपाईंहरूले जति विरोध गर्नुस् त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् ।’ उनले भने ।

उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको समेत बताए ।

‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’ लामिछानेले भने, ‘हामीले हरेक काण्डमा बोलेका छौं। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ?  त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP