
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ।
बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको छ । घट्नाको विस्तृत विवरण आएको छैन ।