बुधबार , भाद्र १७, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, डाक्टर बाबुराम भट्टराई, कांग्रेस महामन्त्री गगन थापा र पूर्वउपप्रधानमन्त्री कमल थापालाई राजनीतिक बेईमान भनेका छन ।  सामाजिक अभियन्ता ईःका माग र फूटपाथ व्यवसायको बारेमा आप्नो धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बालेनले एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताले राजनीतिक बेईमानी गरेको टिप्पणी गरेका हुन् । ईः का जायज माग पुरा गर्नुे यी नेताहरुको तर्कमा बालेन कडा आपत्ति जनाएका छन् ।

‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौं । ’ बालेनले लेखेका छन् । उनले नेताहरुलाई जायज माग भनेको के हो ? भन्दै प्रश्नै प्रश्न सोधेका छन् ।  उनीहरुले सस्तो लोकप्रियताका लागि यस्ता कुरा गरेको पनि उनको तर्क छ ।

ओली र गगन थापा लगायतका नेताबारे बालेन लेख्छन् :

जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौं । उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरि त दिनु भयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको ? ती जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यति बेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको ? त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP