मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ ।

विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।”

यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने जानकारी दिए ।  “ढुक्कका साथ दसैँ मनाउन घर गए हुन्छ, तर घर बन्द गरेर जाँदा सेल्फी खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगरौँ, बरु प्रहरीलाई जानकारी गराऔँ,” उनले भने ।

दसैँ–तिहारजस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे ।

यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरिसकेको छ । नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

उनका अनुसार दसैँ–तिहार विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ । यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP