बुधबार , बैसाख १०, २०८२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले चिनीयाँ रेलबारे बोलेका हुन् । उनले नेपाली जनताले चीन(नेपाल रेल परियोजना छिटोभन्दा छिटो निर्माण भएको देख्न चाहेको बताए ।

परियोजना नेपालका लागि पारवहन र व्यापारिक विविधताका लागि महत्त्वपूर्ण हुने पनि प्रधानमन्त्री दाहालले बताए । ुयस परियोजनाको मुख्य चिन्ता भनेको हामीले यसलाई कहिलेसम्म तयार गर्छौं भन्ने नै हो ।’ उनले भने, तपाईंलाई थाहा हुनुपर्छ कि यस परियोजनाका लागि पर्याप्त स्रोत आवश्यक पर्छ जसलाई नेपाल एक्लैले वहन गर्न सक्दैन ।’

प्रधानमन्त्री दाहालले यस परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने पनि बताएका छन् । उनले यस परियोजनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै त्यसको रिपोर्ट आउने पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालकै चीन भ्रमणका क्रममा मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा पनि सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने उल्लेख छ । जिलोङरकेरुङ(काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP