मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन–नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले चिनीयाँ रेलबारे बोलेका हुन् । उनले नेपाली जनताले चीन(नेपाल रेल परियोजना छिटोभन्दा छिटो निर्माण भएको देख्न चाहेको बताए ।

परियोजना नेपालका लागि पारवहन र व्यापारिक विविधताका लागि महत्त्वपूर्ण हुने पनि प्रधानमन्त्री दाहालले बताए । ुयस परियोजनाको मुख्य चिन्ता भनेको हामीले यसलाई कहिलेसम्म तयार गर्छौं भन्ने नै हो ।’ उनले भने, तपाईंलाई थाहा हुनुपर्छ कि यस परियोजनाका लागि पर्याप्त स्रोत आवश्यक पर्छ जसलाई नेपाल एक्लैले वहन गर्न सक्दैन ।’

प्रधानमन्त्री दाहालले यस परियोजनाका लागि ऋणको आकार र सर्तहरू नेपालले व्यवस्थापन गर्नसक्ने खालको हुनुपर्ने पनि बताएका छन् । उनले यस परियोजनाका लागि सम्भाव्यता अध्ययन भइरहेको र छिट्टै त्यसको रिपोर्ट आउने पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालकै चीन भ्रमणका क्रममा मंगलबार बेइजिङबाट जारी संयुक्त वक्तव्यमा पनि सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने उल्लेख छ । जिलोङरकेरुङ(काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP