
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले काठमाडौंको कुलेश्वर क्षेत्रमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल गरेको छ ।
चिनीको बोरामा लेबलिङ नभएपछि गुणस्तरमा शंका लागेर गृहेश्वरी ट्रेडलिंकको मागोदाम सिलबन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।
व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो । सिलबन्द गरिएको गोदाममा शंका लागेको बोराबाट स्याम्पल बरामद गरी परीक्षणका लागि ल्याबमा पठाइएको छ ।
यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।