आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताका लागि अवसरको भूमि भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले बेइजिङमा  गरेको नेपाल चाइना बिजनेश समिटमा बोल्दै प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण उपयुक्त रहेको बताएका हुन् । उनले सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको तर्फ ध्यानाकर्षण गरे ।
उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने पनि बताए ।
नेपाल चाइना विजनेश समिटले दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने उनले बताए।प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए।

चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे। फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी  थिए।प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय  व्यापार स्थिर रहेको बताउँदै उनल चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे। उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP