बुधबार , भाद्र १७, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री थालेको छ।

राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेसिन मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै  सिक्का टकमरी गरी बेच्न थालेको राष्ट्र बैंकले जनाएको छ ।

महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री वितरण थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो

बरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले  सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम सिक्काको मूल्य १ हजार ६०० र २५ ग्राम सिक्काको मूल्य ४ हजार निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । टकमरी गरिएको दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।
सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP