बुधबार , भाद्र १७, २०८३

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो ।

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले बिहान १०ः३० बजे माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको छ ।

त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ ।

शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP