बुधबार , बैसाख १०, २०८२

 काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदान सबल बनाएर नेपालसँगको सम्बन्धलाई थप सबल बनाउन चाहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको  नेपाली प्रतिनिधिमण्डलसहितको  भेटमा राष्ट्रपति सीले सो कुरा बताएका हुन् ।

सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका चिनीयाँ सञ्चार माध्यमले जनाएका छन् ।

साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबिच हाङचौँमा भेट वार्ता भएको हो । राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताए ।।

प्रधानमन्त्री दाहाल र नेपाली टोली सहित चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए । प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे ।

भेटपछि चिनियाँ समय अनुसार ८ बजे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् । सो खेलको प्रत्यक्ष प्रसारण चिनियाँ टेलिभिजनहरूले गरिहरेका छन् ।

inbound7189665344285854221.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP