बिहिबार , बैसाख २५, २०८२

काठमाडौं । भारतीय राजदूतावासले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि  सार्वजनिक गरेको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो।

विशेष गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्‍याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ। त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर प्रसारण लाइनमार्फत् विद्युत थप भएको उल्लेख गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन गएर राष्ट्रपति सी चिनफिङलाई भेटेकै दिन भारतले प्रगति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’

राजदूतावासले कुर्था–बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बूढानीलकण्ठ धर्मशाला पुनःनिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु