
संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षक काठमाडौंका सडकमा उत्रिए । शिक्षकहरुको जुलुशले माइतीघरमण्डलदेखि नयाँँबानेश्वरस्थित सडकसम्म ढाक्यो ।
उनीहरुले निजामती कर्मचारीसरह सुविधा चाहिनुपर्ने, पञ्चायतको भन्दा पश्चगामी भन्दै अहिलेको शिक्षा विधेयकमा व्यापक संशोधन हुनुपर्नेसहितका माग राखेका छन्।
आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन ठप्प भयो। शिक्षकहरुको आन्दोलनले सिंहदरबार, थापाथली, कोटेश्वर, पुरानो बानेश्वरसहितका क्षेत्रबाट आउने सवारीसाधनलाई डाइभर्ट गरियो ।
बिहीबार सिंहदरबारमा शिक्षकहरु र सरकारबीच वार्ता भएको थियो। तर सहमति हुन सकेन् ।