मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म  ‘द्रुत बस सेवा’ सुरु भएको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सरकारले सुपर फास्ट बस सेवा शुरु गरेको हो । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरे ।

यातायात मन्त्री  ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल  लगायतका कर्मचारीहरु बस चढेर यात्रा गरेका छन् ।

द्रुत बस सेवाले ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुर्याउने छ । सामान्य बसमाभने १ घन्टाभन्दा धेरै लाग्ने गरेको छ । द्रुत बसलाई जाम छल्न सजिलो हुने गरी माइतीघर, कोटेश्वर, जडिबुटी रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।यी बसुलाई  एम्बुलेन्सलाई जस्तै सुविधा हुनेछ र रोकिनुपर्ने छैन ।
माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

fast-bus-2.jpg

fast_bus_3.jpg
fast_bus_4.JPG
fas_bus_5.JPG
fas_bus_6.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP