बुधबार , भाद्र १७, २०८३

काठमाडौं । काठमाडौंमा महिलाको घाँटीबाट जबर्जस्ती सुनको सिक्री लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्रेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् ।

प्रहरीका अनुसार गत भदौ २५ गते अन्दाजी ५ः१० बजेको समयमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रेको पाँचखाल–१२ बालुवा घर भई हाल कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटेर यो समूह भागेको थियो ।

पक्राउ परेका भारतीय नागरिकमाथि भने त्यो सिक्री किनेको आरोप छ ।  असोज १ गते पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP