आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अरु कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।

लामो समयदेखि नेकपा (माओवादी केन्द्र)  ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएको माओवादी पार्टीको नाम  फेर्न तयार भएको हो ।

भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे  निर्णय नै गरेर  मातहतका कमिटीमा परिपत्र गरेको छ ।  पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने उसको निर्णय छ ।

परिपत्रको दोस्रो बुँदामा भनिएको छ,‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

माओवादी केन्द्रले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग वार्ताका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिएर एकताको पहल गर्दै आएको छ । गत साउन १७–२१ मा बसेको केन्द्रीय समिति बैठकले महरा नेतृत्वमा गठन भएको वार्ता समितिलाई अनुमोदन गरेको थियो ।

महराको नेतृत्वमा विप्लवसहित माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपासहित बाबुराम भट्टराई नेतृत्वको नेसपासँग विभिन्न चरणमा छलफल भएका थिए । तर, छलफलका क्रममा ‘माओवादी केन्द्र’ नाममा ती दलहरूले असहमति जनाउँदै नाम फेरेर सबै पार्टी अटाउने ढङ्गको हुनुपर्ने प्रस्ताव गरेका थिए ।  माओवादीले तिनै प्रस्तावहरुलाई मध्यनजर गर्दै नाम फेर्न तयार भएको हो । तर माओवादीको परिपत्रमा ‘अन्य कम्युनिष्ट  घटक’ र नेपाल कम्युनिष्ट पार्टी कायम राखेर कोष्टक भित्रको माओवादी केन्द्र हटाउन तयार भएकोले भनिएकोले तत्काल उपेन्द्र यादवको जनता समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यसमा फेरिपनि नअट्ने देखिएको छ । उपेन्द्र र बाबुराम कम्युनिष्ट नाम राख्न नहुने पक्षमा छन् ।

mao_circular.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP