शनिबार , जेठ ३२, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अरु कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ ।

लामो समयदेखि नेकपा (माओवादी केन्द्र)  ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएको माओवादी पार्टीको नाम  फेर्न तयार भएको हो ।

भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे  निर्णय नै गरेर  मातहतका कमिटीमा परिपत्र गरेको छ ।  पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा पठाइएको सर्कुलरमा एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र नाम हटाउन सकिने उल्लेख छ । यसबारेमा आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने उसको निर्णय छ ।

परिपत्रको दोस्रो बुँदामा भनिएको छ,‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

माओवादी केन्द्रले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग वार्ताका लागि उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मेवारी दिएर एकताको पहल गर्दै आएको छ । गत साउन १७–२१ मा बसेको केन्द्रीय समिति बैठकले महरा नेतृत्वमा गठन भएको वार्ता समितिलाई अनुमोदन गरेको थियो ।

महराको नेतृत्वमा विप्लवसहित माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपासहित बाबुराम भट्टराई नेतृत्वको नेसपासँग विभिन्न चरणमा छलफल भएका थिए । तर, छलफलका क्रममा ‘माओवादी केन्द्र’ नाममा ती दलहरूले असहमति जनाउँदै नाम फेरेर सबै पार्टी अटाउने ढङ्गको हुनुपर्ने प्रस्ताव गरेका थिए ।  माओवादीले तिनै प्रस्तावहरुलाई मध्यनजर गर्दै नाम फेर्न तयार भएको हो । तर माओवादीको परिपत्रमा ‘अन्य कम्युनिष्ट  घटक’ र नेपाल कम्युनिष्ट पार्टी कायम राखेर कोष्टक भित्रको माओवादी केन्द्र हटाउन तयार भएकोले भनिएकोले तत्काल उपेन्द्र यादवको जनता समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यसमा फेरिपनि नअट्ने देखिएको छ । उपेन्द्र र बाबुराम कम्युनिष्ट नाम राख्न नहुने पक्षमा छन् ।

mao_circular.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 118 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP