मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौंको गैरीगाउँ तीनकुनेमा शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । हत्यामा संलग्न रहेको अभियोगमा आइतबार विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो।  उनले चार जनाकै हत्या आफूले गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए ।तर  घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ ।घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर, सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो ।यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । त्यसैअनुसार आइतबार अर्का एक युवक पक्राउ परे र उनले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP