आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग  हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।
आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो ।’

चिनियाँ राष्ट्रपति शीसँग हाङजाओमै उनको भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले जानकारी दिए । चोङकिङ महानगरका साथै तिब्बतको भ्रमण गरेर फर्किने आफ्नो कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुनेछ ।’
कोभिडका कारण नियमित हुन नसकेका व्यापार र सीमा नाकाहरु खोल्ने विषयमा समेत कुराकानी गर्ने उनले बताए । आफ्नो भ्रमणबाट दुई देशको सम्बद्ध थप सुदृढ हुनुका साथै आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने विश्वास लिएको प्रधानमन्त्री प्रचण्डले बताए ।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP