शनिबार , जेठ ३२, २०८२

काठमाडौं । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।  शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १-१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् । परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।

त्यसरी सिफारिस हुनेमा क्रमशः राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीलाई २० औं क्रममा सिफारिस गरेको छ । कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला उनीपछि सिफारिस भएका छन् ।

६ जना कानुन व्यवसायी  छन् । जसमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 102 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP