बुधबार , भाद्र १७, २०८३

काठमाडौं । सरकारले विश्वका थप आठवटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गएको सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित आठ मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास खोल्ने निर्णय गरेको हो।

ती मुलुकमा नेपाली समुदायको बाक्लो उपस्थिति हुन थालेकाले उनीहरुलाई कन्सुलर सेवा प्रदान गर्न दूतावास खोल्ने निर्णय गरिएको सरकारले जनाएको छ।  उच्च स्तरीय बैठकको निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले आठवटा देशमा दूतावास स्थापनाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि ती देशमा दूतावास स्थापना हुनेछ।

नयाँ स्थापना गर्न लागिएका दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहने निर्णय सरकारले गरेको छ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्य सचिव वैकुण्ठ अर्याल, श्रमसचिव केवलप्रसाद भण्डारी, गृहसचिव दिनेश भट्टराई, परराष्ट्र सचिव भरतराज पौड्याल, विभिन्न १२ वटा मुख्य गन्तव्य मुलुकस्थित नेपाली नियोगका राजदूत, महावाणिज्यदूत र सम्बन्धित मन्त्रालयका सहसचिव सहितको बैठकले थप आठवटा देशमा राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP