शुक्रबार , बैसाख २६, २०८२

काठमाडौं । दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिले विभिन्न देशबाट  नेपालमा अहिलेसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको खुलेको छ।

झण्डै ६१ किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउनु अघि सीआईबीले आज   पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताइन्। अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।

उनका अनुसार पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP