बुधबार , भाद्र १७, २०८३

काठमाडौं । दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालिले विभिन्न देशबाट  नेपालमा अहिलेसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको खुलेको छ।

झण्डै ६१ किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाउनु अघि सीआईबीले आज   पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताइन्। अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।

उनका अनुसार पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP