शुक्रबार , बैसाख २६, २०८२

काठमाडौँ । सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ लाख १३ हजार ३ सय ३० परिवारलाई परिचय पत्र दिइएको हो ।

गरिब परिवारलाई परिचय पत्र दिएको सरकारले के, कस्ता सुविधा दिने भन्ने निर्णय भने गरेको छैन । गरिब पहिचान र परिचय पत्र वितरणमा राज्यले ठुलो लगानी गरेको छ तर गरिबी घटाउने र गरिबको दैनिकीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालनमा भने प्राथमिकता दिएको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत एक दशकदेखि गरिब घर परिवार पहिचान कार्यक्रम जारी छ । सरकारले गरिब परिवार पहिचानका लागि आर्थिक वर्ष २०७०/७१ मा गरिब घर परिवार सहयोग समन्वय बोर्ड गठन गरेको थियो। बोर्डले चार वर्ष लगाएर २६ जिल्लामा ३ लाख ९१ हजार गरिब परिवार पहिचान गर्‍यो । तर भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त तथ्याङ्क जाँच गर्दा ९० हजार मात्र गरिब परिवार भएको पाएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP