बुधबार , भाद्र १७, २०८३

इटहरी। इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरुलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ । उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो ।

जङ फुट नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेको हो । ​उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको मेनुसहित बोलपत्र आह्वान समेत गरी सकेको छ । उपमहानगरपालिका खरीद शाखाका अनुसार आइतबार प्रति विद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटरसँगै पनीर र चिउरा खुवाउनुपर्नेछ । मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।

उपमहानगरपालिकाद्दारा सार्वजनिक गरिएको सूचनामा विहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ । सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्दि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाउँदै आएको छ । यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो ।

तर, विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो । इटहरी उपमहानगरपालिकाले अब नयाँ मेनु सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौं करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनायो । इटहरीका मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए । इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन् । जसमा सामूदायिक, धार्मिक र बालविकास केन्द्र पर्दछन् । यी विद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरीद शाखाका खेम श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP