बिहिबार , जेठ ३०, २०८२

विराटनगर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताएका छन् । चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा  बोल्दै उनले यस्तो बताएका हुन् ।

‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो ।’

उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन्  । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे । मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए ।

समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताए । यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उनले बताए । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको उनको भनाइ छ ।

रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढाएको बताउँदै उनले अब लोअर कर्णाली, चिसापानी आयोजनाको अध्ययन भइरहेको स्पष्ट पार्दै प्रचण्डले सीमा समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषय भारतसँग सहमति भएको बताए । आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू  खोल्ने, चीनसँग विद्युत् व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुने उनले बताए ।

कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताउँदै समझदारी र वार्ताबाटै समाधान निकाल्नु पर्नेमा उनले जोड दिए । ‘सामन्तवादको विरुद्ध झन्डा उठाउने झापाबाटै इतिहासबाट मिल्काइएका राजा महाराजा आएर बोल्न कसरी साहस गरे ? कोशी प्रदेश तिरै जातीय हिसाबले भड्काउने कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ? उनले भने । सरकारको हैसियतले ठुलो मेहनत गरेर धरानको जातीय, धार्मिक हिंसा भड्काउन खोज्नेलाई परास्त गरेको प्रचण्डले बताए ।

समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डले बताए । विगतमा उपेन्द्र यादव, बाबुराम, विप्लवसँगै रहेको स्मरण गर्दै अब नयाँ आधारमा नयाँ एकता हुने बताउँदै प्रचण्डले यसको ठुलो महत्त्व रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP