मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना आइतबार नै धरौटी रकम बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आइतबार आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो । उनी अब धरौटी बुझाएमात्र छुट्नेछन् ।

अदालतले सबैभन्दा बढी भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो । अन्यसँग एक लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP