शनिबार , बैसाख २७, २०८२

काठमाडौँ ।  शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा आयोगले प्राथमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक  र माध्यमिक गरेर तीन तहका लागि १३ हजार ४९४ जनालाई स्थायी शिक्षक नियुक्तका लागि सिफारिस गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन अनुसार आयोगले उक्त संख्यामा सिफारिस गरेको हो । शिक्षक पदको खुला प्रतियोगिताका लागि मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो ।

त्यस्तै १ हजार ९५९ जना निमावी र १० हजार ३५३ जनालाई प्रावि तहमा स्थायी शिक्षक नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो । त्यस्तै आयोगले गत वर्ष ३ हजार २९० जना श्क्षिकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको थियो ।

आयोगले गत वर्ष नै ९ हजार ७६५ शिक्षक पदको लागि विज्ञापन समेत प्रकाशन गरेर सामान्य परीक्षाको नतिजा समेत प्रकाशन गरेको थियो । ति उम्मेद्वारहरूको चालु आर्थिक वर्षमा समेत छनौटको प्रकृया चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP