मंगलबार , जेठ २८, २०८२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्।

असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित छलफलमा यसबारे चीनसँग गम्भीर ढंगले कुरा राख्ने बताए । नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि विरोध भइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।

‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्‍बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’
बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए। उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP