बिहिबार , बैसाख ११, २०८२

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने  बताएका छन् ।  पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।  ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए।  राजा देखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो।  कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आआफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP