मंगलबार , बैसाख २९, २०८३

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने  बताएका छन् ।  पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।  ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए।  राजा देखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो।  कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आआफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP