काठमाडौँ । ओकिनावा शिक्षा विभाग जापान र नेपालको एल.आर.आई. विद्यालयबीच विद्यार्थी शैक्षिक आदानप्रदान गर्ने सहमति भएको छ । जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान, ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसँगको भेटमा उक्त सहमति भएको हो ।
भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरी एल.आर.आई. विद्यालयसँग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिबद्धता जनाइएको छ । एल.आर.आई. विद्यालयले यस अघि नै विश्वको १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको छ । यस्तो कार्यले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ग्लोबल सिटिजनको को अवधारणामा उत्प्रेरित गर्ने विश्वास लिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाईस्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन गरेको छ ।








