बुधबार , भाद्र १७, २०८३

२९ जना घाइते, २ को अवस्था गम्भीर

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शुक्रबार बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन।

डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू  दाङ भ्रमणबाट फर्किँदै थिए।

दुर्घटनामा २८  जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकी १९ जना सामान्य रहेको डिएसपी डाँगीले जानकारी दिए।

उनका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP