बुधबार , भाद्र १७, २०८३

काठमाडौँ ।  ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा मन्त्रिपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ । त्यहाँबाट मस्यौदालाई संसद् सचिवालयमा दर्ता गराइने कार्यक्रम छ ।

शिक्षामन्त्री अशोककुमार राईले अब बस्ने संसद् बैठकमा ऐनको मस्यौदा पेश गर्नेगरी तयारी भइरहेको बताए । ‘ऐनको मस्यौदा यो हप्ता संसदमा पेश हुन्छ । त्यहीबाट आवश्यक छलफल गरेर पास हुनेछ ।’ उनले भने ।

यसअघि गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । मस्यौदामा उल्लेख भएका विभिन्न विषयमा चौतर्फी आलोचना भएको थियो । निजी विद्यालय सञ्चालकहरू, शिक्षक संघ संस्था लगायतका सरोकारवाला पक्ष मस्यौदाको विरोधमा उत्रिएका थिए ।

त्यसपछि सरकारले संसद्मा पेश नगरी आवश्यक संशोधनका लागि मन्त्रिपरिषद्कै विधेयक समितिमा फिर्ता पठाइएको थियो । समितिमा आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।

उक्त ऐनको मस्यौदा अहिले सर्वत्र चासोको विषय बनेको छ । शिक्षा ऐन जारी भएको ५२ वर्षपछि र संविधान जारी भएको ८ वर्षपछि ऐन आउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP