शनिबार , बैसाख २७, २०८२

काठमाडौँ ।  ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदा एक साताभित्रमा संसदमा पेश हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनको मस्यौदा पारित गर्दै संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा मन्त्रिपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ । त्यहाँबाट मस्यौदालाई संसद् सचिवालयमा दर्ता गराइने कार्यक्रम छ ।

शिक्षामन्त्री अशोककुमार राईले अब बस्ने संसद् बैठकमा ऐनको मस्यौदा पेश गर्नेगरी तयारी भइरहेको बताए । ‘ऐनको मस्यौदा यो हप्ता संसदमा पेश हुन्छ । त्यहीबाट आवश्यक छलफल गरेर पास हुनेछ ।’ उनले भने ।

यसअघि गत साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेश गर्ने निर्णय गरेको थियो । मस्यौदामा उल्लेख भएका विभिन्न विषयमा चौतर्फी आलोचना भएको थियो । निजी विद्यालय सञ्चालकहरू, शिक्षक संघ संस्था लगायतका सरोकारवाला पक्ष मस्यौदाको विरोधमा उत्रिएका थिए ।

त्यसपछि सरकारले संसद्मा पेश नगरी आवश्यक संशोधनका लागि मन्त्रिपरिषद्कै विधेयक समितिमा फिर्ता पठाइएको थियो । समितिमा आवश्यक संशोधन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।

उक्त ऐनको मस्यौदा अहिले सर्वत्र चासोको विषय बनेको छ । शिक्षा ऐन जारी भएको ५२ वर्षपछि र संविधान जारी भएको ८ वर्षपछि ऐन आउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP