मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघको महासभामा जाने टोली तय भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा यो जानकारी दिएका हुन्।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहनेछन् ।

उनका अनुसार नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि टोलीमा हुनेछन् ।

प्रधानमन्त्रीको टोली भदौ ३० प्रस्थान गर्नेछन् ।प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सो अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग नेपाल सरकारको विकास र प्राथमिकता, उपलब्धिहरू र चुनौतीहरू प्रस्तुत गर्ने तयारी रहेको छ । महासभा साइड लाइनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको उनले बताए ।

अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उनले बताए । मन्त्री साउदले भने– ‘संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानमन्त्रीज्यू सामेल हुने कुरा जानकारी गराउन चाहन्छु । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस वर्ष उक्त समूहको अध्यक्ष समेत ‘शेयर अफ द ग्लोबल को अर्डिनेशन ब्युरो अफ लिस्ट डेभेलोपमेन्ट कन्ट्री’का हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP