मंगलबार , जेठ २८, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो ।

तत्कालीन माओवादी नेतृत्व (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै बिरोध जनाएर सडकमा उत्रेको थियो । तर, नेकपासँग दुईतिहाई बहुमत भएपछि २०७५ असोज १२ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको ४५ औँ बैठकले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वार्ड नं २ र ४ को क्षेत्रमा बनाउने र नाम सुदूरपश्चिम प्रदेश राख्ने गरेको थियो ।

प्रदेशको राजधानी र नाममा असहमति जनाएको कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्र्रदेशको राजधानी र नाम फेर्न भित्रभित्रै छलफल थालेको बताइएको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारसँग नेकपा (एमाले) का १० जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना गरी ११ जना सांसद मात्र बिपक्षमा रहेका छन् । गठबन्धन सरकारले चाह्यो भने प्रदेश राजधानी र नाम फेर्न स्पष्ट बहुमत रहेको छ ।

विषेशगरी काँग्रेसका प्रदेशस्तरीय नेता, तथा प्रतिनिधि सभा सदस्य र हालका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलेसमेत प्रदेशको राजधानी र नाम फेर्न चासो लिएका छन् । बुधबारमात्रै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन् । उनले डडेल्धुरा पुगेर यस्तो बताएका हुन् ।

प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा तोकिएको छ । उक्त क्षेत्रमा वनको विवाद भएकाले संरचना निर्माण गर्न सकिएको छैन ।’

राजधानीको विषयमा सर्वपक्षीय छलफल र संघीय सरकारसँग परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शाहले अबको केही समयमै सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी पाउने दाबीसमेत गरे । यो समाचार राजधानी दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP