मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै थापाले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो ।’
यसबारे गहिरो अनुसन्धान गर्न पनि उनले माग गरे । ‘सन्काहाले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भने ।

साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु- के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ? ’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP