शनिबार , बैसाख २७, २०८२

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतको आदेश बमोजिम शीघ्र सुनुवाइमा परेको यो मुद्दामा अन्य कुनै आदेश नभए बिहीबार हेर्दाहेर्दैमा रहने सम्भावना छ । आज फैसला आउने अनुमान गरिएपनि अन्तिम सुनुवाइ हुने भएकाले धेरै अधिवक्ताहरूको वकालत नामा परेको कारण बिहीबार सुनुवाइ सकिने सम्भावना न्यून छ । बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर क्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP