मंगलबार , जेठ २८, २०८२

काठमाडौं । समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषय संसदमा उठेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले  सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री हुँदैखेरि कसैले पनि उपचार अभावमा ज्यान गुमाउनुनपरोस् भनेर मापदण्ड बनाइए पनि अझै लापरबाही भइरहेको बताए।

उनले उपचार अभावमा बालिकाको ज्यान जाने जस्तो गम्भीर घटनामा सरकारले जवाफ दिनुपर्ने माग गरे । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको बताए।

उनले घटनाको छानबिन र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग पनि उनले गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन्।

उनले यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने पनि बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP