
केन्डी । नेपालले एसिया कप क्रिकेटमा भारतलाई जितका लागि २ सय ३१ रनको लक्ष्य दिएको छ । केन्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले सबै विकेट गुमाएर खेलेर २ सय रन बनायो । पहिलो पटक भारतसँग खेलेको नेपालले ४८ ओभर २ बल खेल्यो ।
पाकिस्तानसँग २५ ओभर पनि नखेली १०४ रनमा अलआउट भएको नेपालले भारतविरुद्ध राम्रो खेल्दै सम्मानजनक लक्ष्य दियो । नेपालको शुरुवात उत्कृष्ट रह्यो । कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गर्दै राम्रो आधार खडा गरे । यो जोडीले पहिलो विकेटका लागि ६५ रन जोड्यो