आइतबार , भाद्र १४, २०८३

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सुत्केरी अवस्थामा रहेकी सविनाको स्वास्थ्यमा शनिबार बेलुका एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र सोही क्रममा स्वास्थ्य परीक्षणका लागि सरकारी गाडी प्रयोग गरेको जनाइएको छ । सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति फेसबुकमार्फत मेयर बालेनले महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । अराजक अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा जनाइएअनुसार नवजात शिशुलाई हाल मेडिसिटी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शिशुलाई स्तनपान गराएर घर फर्किने क्रममा सविना चढेको सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP